राम्रो सस्कारलाई पर्यटनमा जोडौ

दैलेख कला सँस्कृतिको धनी जिल्लाको रुपमा परिचित छ । जिल्लामा भएको कला र सँस्कृतिलाई नेपालकै पर्यटन पर्बद्धनमा काम लाग्ने भएको भएपनि त्यसको प्रयोग भने   राज्यले गर्न सकेको देखिदैन् ।
जिल्लामा परम्परागत रुपमा अपनाउँदै आएका कतिपय कला सँस्कृतिहरु अहिले जगेर्ना गर्नुपर्ने अवस्थामा पुगेका छन् त कतिपय सँस्कृतिहरुले विकृती ल्याएपछि त्यस्ता संस्कृतिहरुको विरोध गर्नुपर्ने देखिएको छ ।
विभिन्न प्रर्थाहरु र सँस्कृतिले केही समय नकारात्मक कुराहरुलाई जोड दिएको भएपनि कतिपय यस्ता सँस्कृतिहरु छन् जसले कसैको अधिकार वा अन्य कुराहरुलाई मिचेको भएपनि सकिदै गएको अवस्थामा त्यसको महत्व समेत बढ्ने देखिन्छ ।
नावालकमै मन्दिरमा चढाएका एउटा बालकले अहिले पनि नाउलेकटुवाल गाबिस तल्लोडुगेश्वर स्थित पञ्चेश्वर शिब महादेब मन्दिरमा बिहान बेलुका पुजा आजा गर्ने गर्दछन् । उनका अधिकारका विषयलाई हेर्ने हो भने केही समस्या होला तर विगतदेखी मान्दै आएको एउटा सँस्कृती जसले मध्यपश्चिभरी प्रभाव पार्न सफल भएको छ । देउकेटाका परिवारले चाहेर वा नचाहेर पनि उनिहरुको पुस्तासम्म यो अभियान निरन्तर चल्ने देखिएको छ ।
यसलाई अँझै राम्रो र परिस्कृत रुपमा विकास गरि आन्तरिक र बाह्य पर्यटकहरुलाई समेत भित्राउन सन्ने राम्रो संभावना पनि त्यतीकै बढेको छ  ।
जिल्लाको पुरानो प्रचलन अनुसार अहिले पनि उक्त मन्दिरमा देउकेटो चढाउने प्रचलन कायमै रहेको छ ।
अछाम र दैलेखको बिचमा पर्ने यस मन्दिरमा परम्परादेखीनै पुजा गर्नका लागि कुमार केटालाई देउकेटोको रुपमा चढाउने प्रचलनलाई दैलेखको पर्यटनसँग जोडेर काम गर्न सकियो भने पक्कै पनि यसले केही सकारात्मक प्रभाव पार्ने    देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार